सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन : कोइराला पक्ष

सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको हाे ।
पार्टीको विधान अनुसार चार तहको समिति रहकाे भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिइनु पर्ने निष्कर्ष निकालेको हो । सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए ।
पार्टीको विधान अनुसार महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने उक्त समूहको ठहर रहेको छ । स्थानीय तहमा केन्द्रबाट गठबन्धन गरेर जान सकिने सम्भावना नै नरहेको उक्त समूहको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा