सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लेटाङमा भोलिदेखि कर्फ्यु हट्ने

बुधबार, ०९ चैत २०७८, २१ : ००
बुधबार, ०९ चैत २०७८

मोरङको लेटाङमा गत आइतबार भएको झडप र एक जना प्रहरी जवानको मृत्युपछि लगाइएको कर्फ्यु आदेश बिहीबार बिहानदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज एक सूचना जारी गर्दै कर्फ्यु आदेश बिहीबार बिहान ६ बजेदेखि हटाइएको जनाएका छन् । 

स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज प्रसाद पौडेलले छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आइतबार दिनभर लेटाङ बजार तनावग्रस्त भएको थियो । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । यस्तै सोही घटनामा परी २५ जना प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए । प्रहरी जवान श्रेष्ठको भीडको आक्रमणमा परी मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् । 

सो घटनाको विषयमा छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । घटनामा संलग्न एक दर्जन बढीलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप