उच्च अदालतले रोक्यो पर्वतारोहण संघको साधारणसभा
बुधबार, ०९ चैत २०७८, १७ : ५९

उच्च अदालत पाटनले नेपाल पर्वतारोहण संघको साधारणसभा रोकेको छ । आज ९ गतेका लागि तय भएको संघको वार्षिक साधारणसभा उच्च अदालतको आदेशसँगै अनिश्चितकालका लागि बन्द भएको हो ।
‘अदालतले अल्पकालीन अन्तरिम आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्म साधारण सभा स्थगित भएको छ,’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सोलु दूधकुण्ड नगरपालिकाका काजी शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिकाका आङ्नोर्बु शेर्पाले दायर गरेको मुद्धाको सुनुवाई गर्दै अदालतले संघको साधारणसभा रोक्न आदेश दिएको थियो ।
उनीहरू संघको नियमित वार्षिक साधारणसभा नगर्न÷नगराउन भन्दै उच्च अदालत पाटन पुगेका थिए । उनीहरुले संघविरुद्ध अन्तरिम आदेशको माग समेत गरेका छन् । संघले वार्षिक साधारणसभाका लागि सम्पूर्ण तयारी सम्पन्न गरिसकेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग