आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

बुधबार, ०९ चैत २०७८, १७ : ४४
बुधबार, ०९ चैत २०७८

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले अधिवेशन अन्त्य गरेका हुन् । उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेछ ।

प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत १२ वटा बैठकहरू सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । तत्कालीन अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गत असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेकी थिइन् ।

गत पुस ८ गतेबाट अवरुद्ध बन्दै आएको प्रदेशसभाको बैठक पछिल्लो समय फागुन २९, ३० र चैत ८ गते बसेको थियो । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन तयारी अनुसार हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो । सरकारले बजेट निर्माणको काम तिव्र रुपमा गरिरहेकाले संसद्को बजेट (वर्षे) अधिवेशन छिट्टै नै आह्वान गर्ने तयारी गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप