सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत २२ गते

बुधबार, ०९ चैत २०७८, १७ : ११
बुधबार, ०९ चैत २०७८

नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत २२ गते हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत २२ गते गर्ने बताएको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनले सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । उनले महासंघले आर्थिक विकासको लागि निरन्तर काम गर्दै आएको बताए । मुलुकमा राजनीतिक दल फले भएकाले नीजि क्षेत्रले दुख पाएको भन्दै आगामी निर्वाचनमा नीजि क्षेत्रले पनि उम्मेदवारी दिनु पर्ने बताए ।

महासंघले पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपले बढाएको ब्याजले उद्योगी व्यवसायीहरुलाई नराम्रो असर गरेको बताएको छ । महँगी बढेर आम उपभोक्तामा नकरात्मक असर परेको भन्दै यसतर्फ सोच्न महासंघले सरकारसँग अनुरोध गरेको छ । महासंघले उद्योगका लागि चाहिने दक्ष जनशक्ति तयार गर्न सरकारले तालिम केन्द्रको स्थापना गर्नुपर्ने ।

अहिले धेरै जस्तो कच्चा पदार्थहरूमा हामी परनिर्भर छौं , कच्चा पदार्थको परनिर्भरता हटाउनका लागि राज्य स्तरबाट खोज अनुसन्धान गर्नुपर्ने , वैज्ञानिक घरभाडा लागु गर्नुपर्ने , काठमाडौं उपत्यका लगायतका शहरहरुमा फुटपाथको सहि व्यवस्थापन  हुनुपर्ने ,हरेक भन्सार नाकाहरुमा व्यवसायीहरुको सहज पहुँचको व्यवस्था गर्नुपर्ने, उद्योग व्यवसायको क्षमता र प्रकृति हेरेर उद्योगी व्यवसायीहरुको लागि बिना धितो ऋणको व्यवस्था गर्नुपर्ने, अर्थतन्त्रमा देखिने समस्या समाधान गर्नका लागि सरकार र निजी क्षेत्रबीच समन्वय समिति गठन गर्नुपर्ने, साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई नीति निर्माण तहमा सहज पुहँच बनाउनुपर्ने र निजी क्षेत्रलाई असर गर्ने जुनसुकै निर्णय लिँदा निजी क्षेत्रसँग परामर्श गर्नुपर्ने लगायतका माग सरकारसँग राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप