बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : पाण्डे

बुधबार, ०९ चैत २०७८, १६ : ३५
बुधबार, ०९ चैत २०७८

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा भोल्दै उनले गठबन्धन रहरले नभएर बाध्यताले गर्नु परेको बताएका हुन् ।

उनले भने,‘गठबन्धन हामीले रहरले बनाएको होइन् । यो बाध्यता हो । गठबन्धनको कुरा गर्नुभयो भने यो प्राक्टिस धेरै पहिलेदेखि नै गरेका छौं । बहुदल ल्याउन र २०६२, ०६३ को जनआन्दोलनमार्फत परिवर्तन पनि गठबन्धनकै बलमा भएको हो ।’ प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन कायम हुने पाण्डेको दाबी छ । उनले थपे–‘यो गठबन्धनलाई कायम राख्न जरुरी छ । नेपाली जनताको भावनाअनुसार राजनीतिक स्थिरता ल्याउनको लागि गठबन्धन तोड्न हुँदैन् । यो गठबन्धन टुट्दैन । गठबन्धन टुट्छ कि भनेर कसैले द्विविधा नराखे हुन्छ ।’

नेपाली काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले पाँच दलीय गठबन्धनको आवश्यक्ता रहेको भन्दै निर्वाचनमा पनि गठबन्धन गरेर अघि बढ्ने बताए । उनले भने,‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नेबारे शीर्ष नेताहरुबीच हिजो छलफल भयो । गठबन्धनको महत्वको कुरा, गठबन्धन गर्नुपर्ने आवश्यक किन पर्यो त, यो जान्नुपर्ने हुन्छ । ओली सरकारले संविधान नै धुजाधुजा पारेको थियो । त्यही भएर हामीले संविधान जोगाउन यो पाँच दलीय गठबन्धन बनाएका हौं । संविधान बचाउनुपर्ने र लोकतान्त्रिक मूल्य र मान्यता बचाउनुपर्ने भएकोले हाम्रो सभापति शेरबहादुर देउवाले नेतृत्व लिनुभएको हो।’ यो गठबन्धन किन आवश्यक थियो ? भन्ने कुरा पनि सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप