बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

भक्तपुरमा छैठौं औद्योगिक, सांस्कृतिक तथा पर्यटन मेला हुने

बुधबार, ०९ चैत २०७८, १६ : १८
बुधबार, ०९ चैत २०७८

भक्तपुरमा छैठौं औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला   हुने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्या चैत्र २४ देखि वैशाख ४ सम्म मेला हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । 

मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । नयाँ वर्ष २०७९ को आगमनसँगै औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डको आयोजनामा सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको थापाले जानकारी दिए । मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू हुने थापाले बताए । 

‘फेशन तथा नृत्य, औधोगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी हुनेछ,’ संयोजक थापाले भने । 

मेलामा २ सयभन्दा बढी स्टल राखिने र साइज अनुसार कम्तीमा  ६ हजारदेखि १९ हजार ५ सय सम्म शुल्क लिएर स्थानीय व्यापारीहरूलाई समेत स्टल उपलब्ध गराइने औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले बताए । 

भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ । मेलामा करिब ३ लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ भने करिब ८ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप