शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाका ती ५ सिक्रेट्स जुन हरेक पुरुषलाई थाहा हुनुपर्छ

बुधबार, ०९ चैत २०७८, १६ : ११
बुधबार, ०९ चैत २०७८

यदि कसैसँग दोस्ती गर्नु छ भने सबैभन्दा पहिला अगाडिका व्यक्तिलाई बुझ्न आवश्यक छ । आजको समयमा धेरै मानिस आफ्नो मनको कुरा लुकाएर राख्छन् त्यसैले उनीहरुबारे थाहा पाउन र उनीहरुलाई बुझ्न निकै मुश्किल हुनसक्छ । यदि महिलाको कुरा गर्ने हो उनीहरुको मनको कुरा थाहा पाउन मुश्किल हुन्छ किनभने महिलाले सबैको अगाडि आफ्नो मनको कुरा भन्न सक्दैनन् । आफूलाई मनपर्ने र मन नपर्ने कुरा पनि उनीहरु निकै कम मानिससँग बाँड्ने गर्छन् र त्यसलाई सिक्रेट झैँ आफ्नो मनमा नै राख्ने गर्छन् । तर यदि तपाईं उनीहरुसँग दोस्ती गर्न चाहनुहुन्छ  र उनीहरुलाई विशेष बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला उनीहरुको मनको कुरा थाहा पाउन अत्यावश्यक हुन्छ । यसका लागि तपाईंले महिलाको यस्तो गोप्य कुरा थाहा पाउनुपर्छ जुन उनीहरुले मनमा राख्छन् ।

यदि तपाईंले केही कुरा बुझ्नुहुन्छ भने उनीहरु तपाईंसँग कम्फर्टेबल हुनेछन् र तपाईंहरु दुबैले दोस्ती र कुनै अन्य सम्बन्धलाई निकै राम्रोेसँग निभाउन सक्नुहुन्छ ।

१. यस्ता पुरुष मन पराउँछन्ः

वेबएमडीका अनुसार महिलालाई आँखामा आँखा जुधाएर कुरा गर्ने पुरुष मनपर्छन् । महिलालाई आँखामा हेरेर कुरा गर्ने पुरुष असाध्यै कन्फिडेन्ट लाग्छ । यस्तै यदि कुनै पुरुषले उताउती हेरेर कुरा गर्छन् भने महिलाले त्यस्ता पुरुषलाई खासै रुचाउँदैनन् ।

२. जजमेन्ट गर्ने पुरुष मन पर्दैनः

पुरुषले के कुरा याद गर्नुपर्छ भने महिलालाई जजमेन्टल पुरुष कुनै पनि हालतमा मन पर्दैन । आजको समयमा पुरुषहरु कुनै पनि कुराको विषयमा महिलालाई जज गर्न थाल्छन् । महिलाले यस्तो गर्नु हुँदैन, यस्तो भन्नु हुँदैन भन्नसमेत पछि पर्दैनन् । यदि तपाईं पनि यस्तै खालको सोच राख्नुहुन्छ भने तपाईंलाई कोही पनि महिलाले मन पराउँदैनन् ।

३. सरप्राइज मनपर्छः

महिलालाई सरप्राइज असाध्यै मनपर्छ । महिलाले यसबारे कुरा नगरेपनि हरेक महिलालाई सरप्राइज मनपर्छ । चाहे उनी तपाईंकी साथी, प्रेमिका, बहिनी वा श्रीमती नै किन नहुन् । त्यसैले कुनै पनि सम्बन्धमा महिलालाई सरप्राइज दिने पुरुष मनपर्छ । यदि तपाईं कोही महिलासँग राम्रो सम्बन्ध चाहनुहुन्छ भने समय–समयमा स–साना सरप्राइज दिन सक्नुहुन्छ ।

४. हाँसो–ठट्टा गर्ने पुरुष मनपर्छः

महिला धेरैजसो यस्तै पुरुषसँग दोस्ती वा सम्बन्ध राख्न मन पराउँछन् । यदि कोही पुरुष सधैँ दुःखी हुन्छन् वा कुनै न कुनै कुरामा आफ्नो समस्या बताइरहन्छ, यस्ता पुरुषलाई महिलाले मन पराउँदैनन् । यदि तपाईं पनि आफू नजिक भएका महिलालाई सधैँ आफ्नो समस्याबारे मात्रै सुनाउनुहुन्छ भने तपाईंले आफ्नो स्वभाव परिवर्तन गर्न आवश्यक छ । आफ्नो स्वभावलाई थोरै जली बनाउनुहोस् ।

५. आदर गर्ने पुरुषः

महिलालाई धेरैजसो आफूलाई आदर गर्ने पुरुष मनपर्छ । यो कुरा महिलाले कहिल्यै भन्दैनन् तर तपाईंले याद गर्नुपर्ने कुरा के छ भने सुरुमा महिलाले यही कुरालाई याद गर्छन् । त्यसैले सधैँ हरेक महिलासँग सम्मानका साथ कुरा गर्नुहोस्, उनीहरुको मन जित्नका लागि मात्रै होइन । हरेक महिलासँग सम्मानका साथ कुरा गर्नु तपाईंको जिम्मेवारी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप