एनएसएलबारेको विवाद मिल्यो, एन्फाले दियो स्वीकृति

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्ट प्रालि (एनइएसएम) लाई नेपाल सुपर लिग (एनएसएल) गर्न स्वीकृति दिएको छ । खेलाडी अनुबन्धका विषयमा विवाद भएको कारण एनएसएलको टाइसिट ड्र रोकिएको थियो ।
ए डिभिजन लिग क्लबले आफ्नो अनुबन्धमा रहेका खेलाडीलाई एनएसएलले छलफल नै नगरी अन्य क्लबमा अनुबन्ध गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा विवाद समधान समिति गठन गरेको थियो । समितिको बुधबार बसेको बैठकले एनएसएल गर्न स्वीकृति दिएको हो । एन्फाले चैत २५ देखि जेठ १ गतेसम्म एनएसएल गर्न स्वीकृति दिएको हो ।
नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले ‘क्लब टू क्लब’ सहमति हुने निर्णय सहित एनएसएल गर्न स्वीकृति आएको रातोपाटीलाई बताए । ‘अब ए डिभिजन लिग क्लब र एनएसएलका क्लबहरुले एक आपसमा सहमति गर्ने छन्,’ शर्माले भने ।
अब एनएसएलले छिटै नै टाइसिट ड्रका लागि नयाँ मिति सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म