बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

शेयरबजार २०.३४ अंकले घट्यो, बुद्धभूमि हाइड्रोका लगानीकर्ता निराश

बुधबार, ०९ चैत २०७८, १५ : ३१
बुधबार, ०९ चैत २०७८

आज (बुधबार) नेपालको शेयरबजार २०.३४ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक दोहोरो अङ्कले घट्दै बिन्दु २६३०.३६ मा झरेको हो ।

२ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज सबैभन्दा धेरै कमाएका छन् । प्रतिकित्ता शेयर मूल्य १० प्रतिशत बढ्दै ७४५ रुपैयाँ पुगेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले भने प्रतिकित्ता शेयरमा २४ रुपैयाँ गुमाएका छन् । प्रतिशतका हिसाबले सो कम्पनीका लगानीकर्ताहरूले आज अन्य कम्पनीका तुलनामा धेरै अर्थात् ३.५८ प्रतिशत गुमाएका हुन् । नेप्सेमा आज व्यापार र म्युचुअल फण्डबाहेक सबै समूहको कारोबार नकारात्मक देखिएको छ । व्यापारमा ०.५ र म्युचअल फण्ड उपसमूहमा ०.२५ प्रतिशतमात्रै बढोत्तरी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप