ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । सो अवसरमा मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरिन् ।
ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वेले गरेको सहयोगको सर्हाना गर्दै उनले आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरिन् । मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागि परेको तथा सबस्टेशन र प्रसारणलाइन निर्माणलाई विशेष जोड दिइएको बताइन् ।
जलवायु परिवर्तनका कारण नेपालले नयाँनयाँ चुनौती झेल्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने र त्यसले जनधनको क्षति बढाउँदै लगेको छ, त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।” उनले मनाङ, इलाम, सिन्धुपाल्चोकलगायत क्षेत्रमा बेमौसमी वर्षाले नराम्रोसँग क्षति गरेको र ती स्थानमा नर्वेसँग सहकार्य गरेर जोखिम न्यूनीकरणका लागि केही गर्न सके नमूना काम हुने बताइन् ।
त्यस अवसरमा राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको जनाउँदै नवीकरणीय ऊर्जा र जलविद्युतको विकासमा सहकार्य गर्ने बताए । उनले जलविद्युतको क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै नौ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको जानकारी गराए । राजदूत ड्रम्डालले प्रशारण लाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह