दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित
दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन ।
योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड चार लाख २७ हजार २४७ पुगेको छ । कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसअघि तीन लाख ५३ हजार ९६८ नयाँ सङ्क्रमित थपिएका थिए ।
कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरसका कारण सङ्क्रमितहरुको सङ्ख्या यसरी अत्यधिक बढेको अधिकारीहरुको भनाई छ । नयाँ सङ्क्रमित मध्ये एक लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् ।
सङ्क्रमित भएका मध्ये एक हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २० जनाले कम भएको पनि अधिकारीहरुको भनाई छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या १३ हजार ४३२ पुगेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ