बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

पेमेन्ट सोलुसन र गरिमा विकास बैँकबीच सहकार्य

बुधबार, ०९ चैत २०७८, १५ : ११
बुधबार, ०९ चैत २०७८

नेपाल पेमेन्ट सोलुशनले गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । जसअनुसार पेमेन्ट सोलुसन र गरिमा विकास बैंकले डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्नेछन् । सम्झौतामा पेमेन्ट सोलुसनको तर्फबाट प्रताप श्रेष्ठ (सी.एक्स.ओ) र सिमन श्रेष्ठ (बिजनेस डेभलपमेन्ट मेनेजर) तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्द प्रसाद ढकाल (प्रमुख कार्यकारी अधिकृत) र कमल प्रसाद अर्याल (आइटी प्रमुख)ले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौताअनुसार गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरुले  नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुशनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप