भुसुनाहरुले अलिअलि दुःख दिन्छन् : लालबाबु पण्डित

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् । जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई भुसुनाको संज्ञा दिएका हुन् ।
‘भुसुनाले अलिअलि दुःख दिन्छन्, तर उनीहरुका पछाडि लाग्नुपर्ने एमालेलाई आवश्यकता छैन । हामी जनतामाझ जान्छौ, अधुरो सपना पुरा गर्ने प्रयास गर्छौ । सपनाहरु व्यवहारमा उतार्न समय लाग्छ’, पण्डितको भनाइ छ । उनले विगतको १० वर्ष र त्यो भन्दा बढि समयमा अरु सरकारले गरेका काम र एमालेले ७४ पछि गरेका कामको तुलना गर्दा एमालेकै पालमा बढि भएको दावी गरे ।
उनले एमालेलाई साथ सहयोग गर्ने र एमालेमा सहभागी हुनेहरूलाई एमालेले पनि साथ दिने तर सत्ता गठबन्धनजस्तो गठबन्धन नबनाउने र उनीहरुका जसरी रुन्चे काम पनि नगर्ने एमालेले नगर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा