एमाले बैठकमा सातै प्रदेश अध्यक्षको रिपोर्टिङ सकियो, फुटको असर न्यून

नेकपा (एमाले) केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ । प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले बैठकमा स्थानीय निर्वाचन केन्द्रित रिपोर्टिङ गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनीहरुले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने बैठकमा रिपोर्टिङ सुनाएका थिए । ‘पार्टीप्रति तीब्र जनआकर्षण बढेको छ, आधारभूत तहदेखिकै पार्टी कमिटीहरू चलायमान छन्, ‘फुटको असर अत्यन्त न्यून छ त्यसैले नेकपा एमाले पहिलो शक्ति बन्ने आधार कायमै छ’ प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेको भनाइ छ ।
प्रदेश अध्यक्षको रिपोटिङ सकिएपछि खाजा ब्रेक भएको छ । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेलगायतका कार्यसुची छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
मुद्दा मामिला झेलेको लाज शरणम् सेन्सर पास
-
यी तीन थरी मानिसले खानु हुन्न हरियो तरकारी
-
बेलायतमा मौसमी कामदारका नाममा पैसा उठाउने गिरोह सक्रिय
-
जर्मनीमा ओलाफ शोल्ज फेरि बन्लान् चान्सलर ?
-
नसर्ने रोग नियन्त्रणमा व्यक्ति, समाज र सरकारको भूमिका