दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु
बुधबार, ०९ चैत २०७८, १४ : ३९

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका ३ का ३१ वर्षिय किसन चौधरी रहेको हुन् ।
गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका-१ कौडियास्थित भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार मोटरसाईकलमा सवार कपिलवस्तु त्रिपुरा नगरपालिका ८ का २८ वर्षिय विरेन्द्र यादवको बुटवलमा उपचार भैरहेको छ प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास
-
जुडशीतल : तराई–मधेशको लोकपर्व
-
आईपीएलसँग जोडियो रोबोटिक कुकुर ! प्रत्यक्ष प्रशारणमा सहयोग गर्ने
-
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
-
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?