सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

बुधबार, ०९ चैत २०७८, १४ : ३९
बुधबार, ०९ चैत २०७८

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका ३ का ३१ वर्षिय किसन चौधरी रहेको  हुन् । 

गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका-१ कौडियास्थित भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार मोटरसाईकलमा सवार कपिलवस्तु त्रिपुरा नगरपालिका ८ का २८ वर्षिय विरेन्द्र यादवको बुटवलमा उपचार भैरहेको छ प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप