देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालीन बन्द
बुधबार, ०९ चैत २०७८, १४ : ३०
देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालसम्म बन्द हुने भएको छ । विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने जानकारी दिए । विभागले सेवाग्राहीलाई हुन जाने असुविधाप्रति क्षमायाचना गरेको छ । यातायातको सर्भरमा पटक पटक समस्या हुँदै आएको सन्दर्भमा विभागले पछिल्लो यो निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण