बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन

बुधबार, ०९ चैत २०७८, १४ : २४
बुधबार, ०९ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् । 

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा  विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । 

सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तर सम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीति निर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् । 

सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा आएका थिए । उनलाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीहरुले स्वागत गरेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप