बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कार अफ द इयरको फाइनालिस्ट बने तीन इलेक्ट्रिक कार

बुधबार, ०९ चैत २०७८, १३ : १०
बुधबार, ०९ चैत २०७८

कार अफ द इयरको शीर्ष तीनमा सबै इलेक्ट्रिक कार अटाएका छन् । वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि पहिराउने छन् ।  यो अवार्डमा, यसपाली इतिहासमै पहिलोपटक, तीनवटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरू परेका हुन् । 

सन् २०२२ को फाइनलमा फोर्ड मुस्ताङ मार्च ई, हुण्डाई आयोनिक– ५ र किया ईभी–६ परेका छन् । आगामी अप्रिल १३ मा हुने न्युयोर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरूमध्ये एउटालाई विजेता घोषणा गरिने जनाइएको छ ।  उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप