बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाबाट शंखरापुर नगरपालिकामा मेयरमा नापित र उपमेयरमा वाइवाको उम्मेदवारी घोषणा

बुधबार, ०९ चैत २०७८, १२ : ३१
बुधबार, ०९ चैत २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको छ ।  आगामी स्थानीय तहको चुनावको लागि शंखरापुर नगरपालिकामा मेयरमा रमेश नापित र उपमेयरमा विजया कुमारी वाइबाको उम्मेदवारी घोषणा गरिएको हो । 

साँखुमा गरिएको पार्टीको अगुवा कार्यकर्ता भेलाबाट सर्वसम्मतरुपमा मेयर र उपमेयरको उम्मेदवारी घोषणा गरिएको राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णुप्रसाद श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । राप्रपाले मेयर र उपमेयरका साथै केही वडामा वडाध्यक्षको उम्मेदवार पनि तय गरिएको छ । 

वडा नंं. १ को वडाध्यक्ष पदमा विशाल तामाङ (दोर्जे), वडा नं. ३ मा सूर्य तामाङ, वडा नं. ६ मा राधाकृष्ण श्रेष्ठ, वडा नं. ७ मा विष्णुप्रसाद श्रेष्ठ र वडा नं. ९ मा दिवाकर सिलवालको नाम टुङ्गो लागेको छ । वडा नं. २, ४, ५ र ८ मा छिट्टै वडाध्यक्षको उम्मेदवार तय गरेर घोषणा गरिने श्रेष्ठले जानकारी दिए । 

मेयरका उम्मेदवार तय गरिएका रमेश नापितले यसअघि २०७४ सालको चुनावमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उनी राप्रपाका महाधिवेशन प्रतिनिधि समेत हुन् । यस्तै उपमेयरमा उम्मेदवार तय भएकी विजयकुमारी वाइबा नेपाल मार्शल आट्र्स हाप्किडो संघका केन्द्रीय प्रशिक्षक तथा  राप्रपाको क्षेत्रीय सदस्य रहेकी छिन् । उम्मेदवारी तयसँगै नगरपालिकामा चुनाव लक्षित कार्यक्रम अघि बढाएको श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप