आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनको दाबी : चेर्नोबिलको प्रयोगशालालाई रुसी सैनिकले ध्वस्त पारे

बुधबार, ०९ चैत २०७८, १२ : २४
बुधबार, ०९ चैत २०७८

युक्रेनी अधिकारीले चेर्नोबिल परमाणु पावर प्लान्टमाथि कब्जा जमाएको रुसी सैनिकले यहाँको एउटा प्रयोगशालालाई लुटेको र त्यसलाई नष्ट पारेको दाबी गरेका छन् ।

एक्स्क्लुभ जोन म्यानेजमेन्टका लागि युक्रेनको सरकारी एजेन्सीले रुसी सैनिकले उनीहरुको सेन्ट्रल एनालिटिकल लेबोरेटरीमाथि क्षती पुर्याएको बताएको छ । यहाँ ठूलो मात्रामा परमाणु फोहोर राखेको उनले बताए ।

आफ्नो फेसबुक पेजमा एजेन्सीले भनेको छ, ‘त्यहाँ रेडियोन्यूक्लाइडको नमूना राखिएका थिए जुन असाध्यै एक्टिभ थिए, यो अब दुश्मनको हातमा छ ।’

एजेन्सीका अनुसार यो प्रयोगशालालाई ६० लाख युरो खर्च गरेर बनाइएको थियो । एजेन्सीले भनेको छ, ‘यहाँ यस्ता निकै महत्वपूर्ण उपकरण राखिएका थिए जुन युरोपको अन्य स्थानमा छैन ।’

सन् १९८६ मा चेर्नोबिलमा संसारको सबैभन्दा भयानक परमाणु दुर्घटना भएको थियो । त्यसपछि यो प्लान्ट बन्द छ । यद्यपि, यसलाई नियमित रुपमा रेखदेखको आवश्यकता पर्दछ ।

युक्रेनविरुद्ध युद्ध सुरु गरेको केही दिनमा रुसी सेनाले यो पावर प्लान्टमा कब्जा जमाएको थियो र यहाँ काम गर्ने कर्मचारीलाई केही दिन त्यहाँ नै राखिएको थियो । पछि उनीहरुलाई छोडिएको थियो ।

यो हप्ताको सुरुमा युक्रेनको संसदले चेर्नोबिल प्लान्ट वरिपरीका स्थानको जङ्गलमा आगलागी भएको बताएको थियो । स्याटलाइट तस्बिरमा पनि यो कुरा पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप