बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतमा बिजुलीको मूल्य बढ्दा नेपालमा आयातमा समस्या

बुधबार, ०९ चैत २०७८, १२ : २२
बुधबार, ०९ चैत २०७८

रुस–युक्रेनबीच जारी युद्धको असरका कारणले मूल्य बढ्दा भारतबाट बिजुली आयातमा समस्या परेको छ । भारतबाट दैनिक ३५० देखि ४०० मेगावाट बिजुली किन्दै आएको नेपाललाई मूल्य अत्याधिक बढ्दा आयातमा समस्या परेको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भारतमा बिजुलीको मूल्य बढ्दा आपूर्तिमा समस्या भएको जानकारी दिए । उनले हिजो रातीदेखि अचानक बिजुलीको मूल्य बढ्दा नेपालतर्फ आपूर्तिको समस्या भइरहेको रातोपाटीसँग बताएका हुन् ।

‘भारतको छिमेकी राज्य विहारमा सञ्चालित पावर प्लान्टमा समस्या आउँदा अवरुद्ध भएपछि मूल्य बढेको छ,’ उनले भने, ‘अहिले उताको समस्या समाधान भइसकेको छ । बेलुकादेखि आयात सामान्य हुने अपेक्षा हाम्रो छ ।’ रुस–युक्रेनबीचको जारी युद्धका कारण भारतमा बिजुलीको मूल्य अत्याधिक महँगिएको छ ।

भारतले जलविद्युत, सोलार, वायु, आणविक र कोइलामार्फत बिजुली उत्पादन गर्दै आइरहेको छ । यही समयमा युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढेको छ । यस्तै, डिजेल÷पेट्रोलको मूल्य बढ्दा त्यसको प्रभाव पनि बिजुली उत्पादनमा परेको छ । जसले भारतमा अत्याधिक माग बढाएको छ ।

सोहीकारण, नेपालतर्फ आयातमा समस्या भएको प्राधिकरणको भनाई छ । नेपालले लगाएको बोलीमा बिजुली नपाउँदा आयातसँगै आपूर्ति समस्या भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका निर्देशक घिसिङ यही चैत महिनासम्म नेपालले भारतबाट अत्याधिक बिजुली आयात गर्नुपर्ने र वैशाख लागेसँगै आयात घट्दै जाने बताए ।

अहिले इन्डियाको इम्पोर्ट साढे ३५० देखि ४०० मेगावाट चाहिन्छ । हिजो अचानक रातीको र दिउँसोको मूल्य बढ्यो । विहारको पावर प्लान्टमा समस्यामा आएको थियो । विहारको आपूर्ति बन्द भएकाले समस्या भइरहेको हो । आपूर्ति रोकिएको छैन ।

मूल्य बढेसँगै आयातमा समस्या हुँदा औद्योगिक करिडोरका उद्योगलाई दिइने विद्युत आपूर्तिमा चाप परेको प्राधिकरणले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप