शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटको सुनुवाइ हुँदै

बुधबार, ०९ चैत २०७८, १२ : ०५
बुधबार, ०९ चैत २०७८

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटको पूर्ण इजलासमा आज सुनुवाइ हुँदैछ  ।  इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमा  र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गरेका थिए । 

रिटमार्फत अध्यादेश खारेजीको माग गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गरेका थिए । 
असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वोच्च पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप