बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

नबिलले चलायो ‘वसन्ती’ प्रेरणादायी अभियान

बुधबार, ०९ चैत २०७८, ११ : ५६
बुधबार, ०९ चैत २०७८

नबिल बैंकले एसिड आक्रमणबाट बाँच्न सफल भएकी वसन्ती परियारको वास्तविक जीवनमा आधारित सामाजिक सचेतना अभियान सुरु गरेको छ । परियार एसिड आक्रमणपछि ६ पटकसम्म हत्या प्रयास गरिएकी एक पीडित हुन् ।
एसिड आक्रमणबाट बाँच्न सफल उनी अब पीडितको रुपमा नभइ बहादुरी जीवनयापकको बाटोमा छिन् । विगतका पीडाहरुलाई भुल्न सके पनि वसन्ती पीडाहरुविरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघि बढिरहेकी छन् ।
वसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले अभियान थालेको हो । यो अभियानमार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामर्थ्यलाई जोड दिने उद्देश्यसहित एक वृत्त चित्र तयार पारेको छ । सोही वृत्तचित्र एक समारोहका बीच बैंकले प्रदर्शन गरेको छ । वृत्त चित्रमा आक्रमणको अँध्यारो र उज्यालो पक्षलाई उजागर गर्ने प्रयास गरिएको छ ।

वृत्तचित्र निर्माण अघि विभिन्न क्षेत्रका विज्ञहरुसँग नेपालमा एसिड आक्रमण विरुद्धका कानुनहरू, आक्रमणका घटनाहरूको विगत÷वर्तमान परिदृश्य, आक्रमण पीडितहरुका लागि उपलब्ध चिकित्सा हेरचाह÷सहयोग सम्बन्धी विषयमा छलफल भएको थियो । एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप