शिक्षाको लगानी धानको ब्याड बनाउनु जस्तै हो : शिक्षाविद् कोइराला
शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै भएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसरी ब्याडको बीउबाट धेरै धान उत्पादन गर्ने लक्ष्य हुन्छ, शिक्षाको लक्ष्यमा पनि उस्तै हुनुपर्ने बताए । उनले बाल शिक्षाको महत्वको बारेमा पनि प्रष्ट पार्दै बालमैत्री कक्षाकोठा, शिक्षिकालाई उचित लगायतका विषयमा योजना आयोगले ध्यान नदिएको पनि उल्लेख गरे ।
त्यस्तै, शिक्षा विभागले सामुदायिक विद्यालयहरुलाई अनुगमन, नियन्त्रण र गुणस्तरीय बनाउने काम गर्न नसकेको बताएका छन् । सामुदायिक विद्यालयहरुलाई मर्ज गर्नुपर्ने अवस्थादेखि लिएर विद्यालयको विषयगत सिकाई ५० प्रतिशत भन्दा तल झरेको छ । यस्तो अवस्थामा फेरि नयाँ शैक्षिक धारको भारी विभागले बोक्न नसक्ने बताए । शिक्षक महासंघले पनि भोटको राजनिति गरेको कोइरालाले आरोप लगाएका छन् । महासंघले शिक्षकलाई संघीय सरकार अन्तर्गत राख्नुपर्छ भन्नु नै भोटको राजनीति रहेको बताए ।
‘सार्वजनिक शिक्षा विद्यार्थीहरुको रोजाइ’को नारालाई विद्यार्थी संगठनहरुले साझा नारा बनाउन सकेमा मात्र देशले शिक्षा क्षेत्रमा काँचुली फेर्न सक्ने बताए । वि.सं.२०३० देखि ६० सालसम्म विद्यालय र क्याम्पसहरू राजनैतिक मोर्चा र शिक्षक र प्राध्यापकहरू आन्दोलनका संवाहक बने ।
यो ऐतिहासिक समयले एउटा व्यवस्था बनायो र नयाँ संविधान जारी गर्यो । आज शिक्षाका दर्जनौ अधिकारहरू संविधानद्वारा प्राप्त भएको छ । २०७२ को संविधान पछि अवस्था बदलिएको छ । त्यसैले शिक्षाको सार्वजनिक बहस राष्ट्रिय आवश्यकताको नारा बनाउन आवश्यक रहेको बताए ।
त्यस्तै उनले सर्वहारालाई निःशुल्क शिक्षा र अनिवार्य शिक्षाका लागि स्थानीय निकायले घर–घरबाट केटाकेटी विद्यालय गए वा नगएको हेर्नुपर्ने बताएका छन् । सरकारले सामुदायिक विद्यालयको कुरा गर्छ तर मान्छे प्राइभेट स्कुललाई बोक्ने निस्क्यो । सरकारी स्कुललाई बलियो बनाउन अभिभावकसँग पैसा लिने वा नलिने, कोसँग लिने वा नलिने र लिएको पैसा कहाँ लैजाने ? भन्ने विषयमा अझै धेरै छलफल हुनु पर्ने उनको राय थियो । अबका केटाकेटीले के गर्न सक्छन्, के कुरामा रुचि राख्छन्, त्यो खालको पाठ्यक्रम राख्नुपर्ने बताएका छन् । आफूले पढेको कुरालाई व्यवहारिक बनाउन आवश्यक छ । तब मात्र शैक्षिक लगानीको सदुपयोग गर्न सकिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त