बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख हुने

बुधबार, ०९ चैत २०७८, ११ : २५
बुधबार, ०९ चैत २०७८

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गतेदेखि ७ गतेसम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सव गोरखाको लाप्राकमा आयोजना हुनेछ । चलचित्र विकास बोर्डको समेत सहकार्य रहेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने महोत्सवमा चलचित्र दर्ता समेत बुधबारबाट खुलेको छ । पर्यटन प्रवर्द्धन नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आम दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने बिषयमा वर्कशप हुने र चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तक्रिया हुने र उत्कृष्ट चलचित्रलाई जुरी टिमको निर्णयअनुसार अवार्ड प्रदान गरिने समेत अध्यक्ष सापकोटाले जानकारी दिए ।

कार्यक्रम गरिने क्षेत्र लाप्राकको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाइएको छ । नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्धेश्य रहको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप