शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

क्रिकेट टोली आज स्वदेश फर्कने

बुधबार, ०९ चैत २०७८, ११ : ०९
बुधबार, ०९ चैत २०७८

आईसीसी विश्वकप क्रिकेट लिग टू खेलेर नेपाली राष्ट्रिय टोली आज (बुधबार) स्वदेश फर्कने भएको छ ।  नेपाली टोली साँझ ७ः १० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 
लिगमा चार खेल खेलेको नेपाल दुई खेलमा जित र दुई खेलमा पराजित भएको थियो । 

नेपालले पहिलो खेलमा पपुवा न्युजिनी (पीएनजी) दुई विकेटको जित निकालेको थियो । नेपालले दोस्रो खेलमा युएईसँग ४८ रन र तेस्रो खेलमा ९९ रनले पराजित भएको थियो ।  नेपालले मंगलबार भएको अन्तिम खेलमा पीएनजीमाथि ७ विकेटको जित निकालेको थियो । 

स्वदेश फर्केपछि नेपाली टोलीले घरेलु मैदानमा पीएनजीसँग दुई एकदिवसीय खेल खेल्ने छ ।  त्यस्तै मलेसिया र पीएनजीसँग त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप