अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।
यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसदबाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।
रेल्वे अध्यादेश जारी भइसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले बताए । “अध्यादेश निस्क्रिय भएपछि रेल सेवा सञ्चालन गर्न कठिनाइ भएको थियो”, महाप्रबन्धक झाले भने, “अध्यादेश पुनः जारी भएपछि बाटो खुलेको छ ।”
गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एकपटक सञ्चालन भइरहेकामा अहिले एक महिनामा १५ दिनमात्र चल्न थालेको छ । “प्राविधिकरूपमा सबै तयारी भइसकेको छ, कर्मचारी नियुक्त भएर काममा खटिएका छन्”, उनले भने, “भाडादर पनि निर्धारण भइसकेको छ ।” जनकपुर–कुर्था–जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु रु ७० र वातानुकुलित सिटमा रु ३०० भाडा निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन : महामन्त्री शर्मा
-
लप्ची : जहाँ गुफा–गुफामा ध्यान गरिरहेछन्
-
मेयर सिंहका समर्थकलाई कारबाही गर्न पर्सा कांग्रेसको माग
-
कोशी प्रदेशमा मन्त्री बनाउने दौड
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी