शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा स्थानीयको अवरोध

बुधबार, ०९ चैत २०७८, १० : ३२
बुधबार, ०९ चैत २०७८

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा बुधबार बिहान पनि सवारी आवागमन प्रभावित भएको छ । ठेकेदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पूर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानीयले बताएका छन् ।

स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ । सडक मर्मतको माग राख्दै स्थानीयले हिजो पनि सडक अवरुद्ध गरेका थिए । सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप