शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुख्खा पहिरोले स्काभेटर पुरियो, दाङ–सल्यान सडक अवरुद्ध

बुधबार, ०९ चैत २०७८, ०९ : ०२
बुधबार, ०९ चैत २०७८

सडक निर्माणको क्रममा झरेको पहिरोले स्काभेटर पुरिँदा राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्ड अवरुद्ध बनेको छ । मंगलबार बेलुकी करिव साढे सात बजेतिर सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको थियो । अहिले उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । पहिरो सँगै झरेको ठूला ठूला ढुंगाले स्काभेटरलाई च्यापेको छ । निकै जोखिमयुक्त स्थान भएकाले स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो झरेको स्थानमा अर्को एउटा स्काभेटर भए पनि त्यसबाट सडकको अवरोध हटाउन नसकिने भएकाले दाङ तर्फबाट अर्को स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको बताइएको छ । आज दिउँसो सम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप