स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै एमाले
प्रमुख विपक्षी दल नेकपा (एमाले)को नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले स्थानीय तह निर्वाचन केन्द्रित घोषणापत्र बनाउँदै छ । घोषणापत्रको मस्यौदा तयार भएपछि गोष्ठी आयोजना गरिने पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । गोष्ठीपछि केही एजेन्डा समेटेर घोषणापत्रलाई पूर्णता दिने र सार्वजनिक गरिने उनले बताए ।
घोषणापत्रमा मूलभूत रूपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले गरेका विकास र समृद्धिसँग सम्बन्धित कामको फेहरिस्त, पार्टीको प्रदेश र स्थानीय सरकारले गरेका महत्त्वपूर्ण काम र स्थानीय तहको पाँच वर्षे एमाले दृष्टिकोणलाई समेटिने उनको भनाइ छ ।
एमालेले अघिल्लो पटक सार्वजनिक गरेको स्थानीय तहको घोषणापत्रमा समावेश भएको तर कार्यान्वयन नभएका महत्त्वपूर्ण एजेन्डालाई पनि समेट्ने भएको छ । तर, कहिलेसम्ममा घोषणापत्र तयार भएर सार्वजनिक हुन्छ भन्ने टुंगो छैन । जबकि अबको ३० औँ दिनमा स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नुपर्ने छ । आगामी ५१ औँ दिन अर्थात् ३० वैशाखमा मतदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी