आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल : नेपाल आज बंगलादेशसँग खेल्दै

बुधबार, ०९ चैत २०७८, ०७ : ५६
बुधबार, ०९ चैत २०७८

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (बुधबार) आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्दैछ ।

भारतमा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशको सामना गर्न लागेको हो । नेपाल आजको खेलमा बंगलादेशमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ । 

तर, बलियो टोली बंगलादेशमाथि नेपाललाई जित निकाल्न सहज भने छैन । यसअघिको खेलमा नेपाल बंगलादेशसँग ४–२ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालले अङ्क जोड्न सकेको छैन । ३ खेलमा अङ्क विहीन नेपाल पुछारमा छ ।

नेपालको आजको जित या हारले प्रतियोगिताको उपाधि होडमा केही फरक पार्ने छैन । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ । यता बंगलादेश भने जितलाई कायम राख्न चाहन्छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ ।​ जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप