इस्लामोफोबिया फैलाउन केही हदसम्म मुस्लिमहरू पनि जिम्मेवार छन् : इमरान खान
पाकिस्तानमा जारी राजनीतिक उथलपुथलको बीचमा, प्रधानमन्त्री इमरान खानले मंगलबार इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेश मन्त्रीहरूको बैठकमा इस्लामिक पहिचानको कुरा उठाएका छन् । यस सम्मेलनमा इमरान खानले ५७ इस्लामिक देशका विदेशमन्त्रीहरूलाई विश्वमा इस्लामोफोबिया फैलाउनमा केही हदसम्म मुस्लिमहरू पनि जिम्मेवार रहेको बताएका हुन् ।
"हामी चरमपन्थी भन्ने डरले ईश्वरनिन्दाका गतिविधिहरू विरुद्ध एकजुट हुँदैनौँ," उनले भने। हामी ईश्वरनिन्दाको मुद्दामा विभाजित छौँ। इमरान खानले भने, ‘विश्वमा एउटा धारणा बनेको छ कि इस्लामका धेरै रूप छन्। हामी नरम मुसलमान हौँ भनी भन्ने बित्तिकै यसको मतलब तपाईं अतिवादलाई स्वीकार गर्नुहुन्छ।
ओआईसीको यो सम्मेलन यस्तो समयमा भइरहेको छ, जब इमरान खानको सरकारलाई सत्तामा रहन गाह्रो भएको छ । विपक्षीहरूले प्रधानमन्त्री इमरान खानले देशको अर्थतन्त्र र विदेश नीतिलाई नराम्रो तरिकाले चलाएको आरोप लगाएका छन् ।