बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व इतिहासमा आजः पहिलो इस्लामिक गणतन्त्रदेखि हिटलरलाई असिमित शक्तिसम्म

बुधबार, ०९ चैत २०७८, ०७ : ३४
बुधबार, ०९ चैत २०७८

आज २३ मार्च २०२२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रमः
अन्तरिक्ष स्टेसन समुद्रमा 
सन् २००१ मा रुसी अन्तरिक्ष स्टेसन मिर समुद्रमा डुबेको थियो । सो स्टेसनलाई  अन्तरिक्षमा १५ वर्षपछि एक नियन्त्रित दुर्घटनामा डिस्पोज गरिएको थियो ।

एल साल्भाडोरका आर्कबिशपको हत्या
सन् १९८० मा आर्कबिशप ओस्कार रोमेरोले एल साल्भाडोरका सशस्त्र सेनाका सदस्यहरूलाई आफ्ना साथी साल्भाडोरियनहरूको हत्या रोक्न आह्वान गरेका थिए । उनको आह्वानको १ दिनपछि एउटा समूहले ओस्कारको हत्या गरेको थियो । 

पाकिस्तान विश्वकै पहिलो इस्लामिक गणतन्त्र
सन् १९५६ मा पाकिस्तान विश्वको पहिलो इस्लामिक गणतन्त्र घोषित भएको थियो । पाकिस्तानमा अहिलेको बंगलादेश वा पूर्वी पाकिस्तानको क्षेत्र पनि समावेश थियो, जुन सन् १९७१ मा अलग भयो । 

हिटलरलाई असिमित शक्ति
सन् १९३३ मा जारी दी इनएबलिङ एक्ट अफ १९३३ ले एडोफ हिटलरलाई जर्मनीमा तानाशाही शक्ति प्रदान गरेको थियो ।

फुटबल लिगको पहिलो बैठक
सन् १८८८ मा फुटबल लिगको पहिलो बैठक भएको थियो । इङ्गल्याण्ड र वेल्सका टोलीहरू समावेश भएको लिग विश्वको सबैभन्दा पुरानो संघ फुटबल लिग थियो । सन् १९९२ मा शीर्ष २२ टिमले प्रिमियर लिग गठन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप