आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीमा हमला गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो

बुधबार, ०९ चैत २०७८, ०७ : ०५
बुधबार, ०९ चैत २०७८

भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएको छ । तहरीक-ए-तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएको हो ।

धम्की प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो ।

दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक-ए-तालिबानले ईमेलमार्फत धम्की पठाएको थियो । इमेलमा दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख थियो । 

हमला बारे जानकारी प्राप्त गर्ने बित्तिकै दिल्ली प्रहरीले संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थित बढाएको थियो । सरोजिनी नगर मार्केटमा कयौँ घण्टासम्म सर्च अपरेसन चलेको थियो । दिल्लीका अन्य बजारमा प्रहरीले सर्च अपरेसन चलाएको थियो । दिल्लीमा सुरक्षा बढाउनुका साथै प्रहरीले ईमेल पठाउने व्यक्तिलाई ट्रयाक गर्ने प्रयास गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप