आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

दीपकराजको व्यङ्ग्य : मैले पनि पार्टीमा जाने निर्णय गरेँ...!

मङ्गलबार, ०८ चैत २०७८, २२ : १३
मङ्गलबार, ०८ चैत २०७८

कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको भन्दै व्यङ्ग्य कसेका छन् । उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य कसेका हुन् । 

पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक देखिएको भन्दै कटाक्ष गरेका हुन् । ‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ !  तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?’, उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्य कसेका छन् । मंगलबार मात्रै अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप