शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मुसहर समुदायकी किशोरीसँग बेलायती राजदूत

मङ्गलबार, ०८ चैत २०७८, २१ : ५२
मङ्गलबार, ०८ चैत २०७८

बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको प्रभावबारे मुसहर समुदायकी किशोरीहरूसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले अन्तरक्रिया गरेकी छन् । मधेस प्रदेशको राजधानी जनकपुर आएकी उनले मधेस प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थाको समन्वयमा सञ्चालित कार्यक्रम अन्तर्गत मुसहर समुदायका किशोरीहरूको सिकाई, गुनासो, चुनौती र समस्याबारे गम्भीर चासोका साथ सुनेकी थिइन् ।

सो क्रममा छात्रा प्रियंका कुमारी सदाले सिकाई कार्यक्रमबाट आफूमा व्यापक परिवर्तन आएको बताइन् । उनले भनिन्, ‘अहिले पढ्न, लेख्न, बुझ्न सक्ने भएकी छु, विद्यालय जान पाएकी छु, ममा धेरै ठुलो परिवर्तन भएको छ ।’ मुसहर समुदायलाई शिक्षित बनाउन तथा सीमान्तकृत कोही पनि नरहुन् भन्ने मुल उद्देश्यका परियोजना सञ्चालन गरिएको हो । जसअनुसार मुसहर समुदायका बालिका तथा किशोरीलाई शिक्षा, जीविकोपार्जनका लागि सीप सिकाउने र आत्मनिर्भर बनाउन सहयोग गरिन्छ । सो अवसरमा तारा देवी सदाले परियोजनाबाट आफूलाई जीविकोपार्जनका लागि सहयोग पुगेको बताइन् । त्यस्तै निशा देवी सदाले परियोजनाबाट पसल सञ्चालन गरेर जीविकोपार्जनमा सहज भएको बताइन् ।

मुख्यमन्त्री राउत र राजदूत पोलिटबीच शिष्टाचार भेट

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत पोलिट र मुख्यमन्त्री राउतबीचको भेटघाटका क्रममा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिबारे छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप