एनओसी र आईओसीबीच छलफल सुरू, आगामी पाँच वर्षसम्मको ‘सप्लाई एग्रिमेन्ट’ गरिने
नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच काठमाडौंमा छलफल सुरू भएको छ । आगामी पाँच वर्षका लागि हुने पेट्रोलियम पदार्थको खरिद/बिक्री सम्झौता (जनरल सप्लाई एग्रिमेन्ट) विषयमा छलफल गर्न दुई कम्पनीका प्रतिनिधि छलफलमा जुटेका हुन् ।
आजदेखि सुरू भएको छलफल तीन दिनसम्म चल्ने छ । यस छलफलका लागि आईओसीबाट ६ सदस्यीय प्रतिनिधि मण्डल काठमाडौं आएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।
उनले प्रत्येक ५ वर्षमा हुने सम्झौता यसअघि सन् २०१७ मा भएको थियो । उक्त समयमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक बोहोरा र भारतकातर्फबाट पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानको उपस्थितीमा दुई कम्पनीका प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यो सम्झौताले निगमले आईओसीसँग पेट्रोलियम पदार्थ किन्दा आउने समस्या समाधान र सहजीकरणका विषयमा छलफल हुने छ । यस्तै, आगामी दिनमा थप सहज तरिकाले भारत पेट्रोलियम पदार्थको खरिद तथा ढुवानीको विषयमा समेत छलफल हुने उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा