दुर्घटनामा सुपरभाइजरको मृत्यु
मङ्गलबार, ०८ चैत २०७८, २० : ५९
कपिलवस्तुमा सडक निर्माणका क्रममा रोलर मेशिनले ठक्कर दिँदा मंगलबार एक जनाको ज्यान गएको छ । जिल्लाको महाराजगंज नगरपालिका–२ गैडहवास्थित सडकमा बा २ क ४३३९ नम्बरको बाटो दवाउने रोलर मेशिनको ठक्करबाट सोही बाटो हेर्ने सुपरभाईजर कपिलवस्तु नगरपालिका-४ दालपुर बस्ने ३५ वर्षीय बसन्त कुमार यादवको मृत्यु भएको हो ।
बाटो पिच गर्ने क्रममा उक्त रोलर मेशिनले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोलर मेशिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
-
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुपर्दैन : प्रधानमन्त्री
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा