चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको अमेरिकालाई आग्रह

चीनले मंगलबार मानवअधिकार उल्लंघन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरूमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ ।
अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ अधिकारीहरूमाथि अनावश्यक दबाव दिने गरेको चीनले बताएको छ । अमेरिकाले केही चिनियाँ अधिकारीहरूमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार गरेको आरोपमा अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो । अमेरिकी विदेश मन्त्रालयले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यकलाई दमन गरेको भन्दै त्यस्तो प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यस्तो प्रतिबन्ध लगाइएका चिनियाँ अधिकारीहरुको संख्या र परिचय भने खुलाइएको छैन ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले धार्मिक तथा आध्यात्मिक समुदाय, अल्पसंख्यक, मानवअधिकारकर्मी, पत्रकार, ट्रेड युनियन, नागरिक समाज र तथा शान्तिपूर्ण विरोध जनाउनेहरू विरुद्ध नीति निर्माण गर्ने तथा दमन गर्नेप्रति निर्णय लक्षित रहेको बताएका छन् । ब्लिंकेनका अनुसार यो संख्या निकै ठूलो हुन सक्ने छ । अमेरिकी अधिकारीहरुले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमहरुलाई बन्दी बनाइएको दावी गर्ने गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको भन्दै यो दुई पक्षीय सम्बन्धका लागि गलत नजिर हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार भेटमा बताए । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी सोचको दृढतापूर्वक विरोध गर्ने वाङले बताए ।
उनले मानव अधिकारको संरक्षणका नाममा अन्य मुलुकको मानवअधिकारलाई कमजोर पार्ने काम गर्नुको साटो आफ्नै प्रणालीगत र दीर्घकालीन मानवअधिकारका समस्याहरूको सामना गर्न र त्यसको समाधान गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरे । वाङले भने, “यदि संयुक्त राज्य अमेरिकाले मानव अधिकारको वकालत बन्द गरेमा विश्वमा मानव अधिकारको स्थिति राम्रो हुनेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन