अस्ट्रेलियाको पीआरका लागि ‘नक्कली विवाह’ गर्दा बहु विवाहको मुद्दा !

काठमाडौँ । अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए । साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे । अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए । त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मुद्दा खेपिरहेका छन् । मुद्दा खेप्ने जोडी हुन, दिलबहादुर पुन र ममता खड्गी ।
रुपन्देही घर भएका दिल बहादुर पुन एक समय नेपाल पुलिस क्लबको पौडी पोखरीमा लाइफ गार्ड थिए । ४१ वर्षका दिलबहादुरको पत्नीसँग राम्रो सम्बन्ध थिएन । उनी अष्ट्रेलिया गए । करिब १० वर्ष अस्ट्रेलियामा बस्दा उनले आफ्ना छोराछोरीलाई खर्च पठाउँथे । श्रीमती माइत बस्थिन्, उनीसँग कुरा हुँदैन थियो ।
१० वर्ष अस्ट्रेलियामा बस्दा उनले त्यहीँकी एक महिलासँग विवाह गरे । अस्ट्रेलियन सँग विवाह गरेपछि उनले त्यहाँको पिआर ‘पर्मानेन्ट रेसिडेन्सी’ पाए । अस्ट्रेलियन महिलाले दुई सन्तान जन्माइन् । ती महिलासँग पनि खटपट भएपछि उनी आफ्ना बच्चा लिएर छुट्टै बस्न थाले ।
त्यही बेला अस्ट्रेलियामा पढ्न गएकी ममता सँग उनको भेट भयो । ममताले उनलाई ‘नक्कली विवाह’ गरेर आफूलाई पनि पीआएर मिलाइदिन आग्रह गरिन् । उनीहरू त्यही कामका ०७८ फागुनमा काठमाडौँ आए । ललितपुरको ताल्छिखेल स्थित धराने सेकुवा कर्नरमा साथीभाइ बोलाएर खानपिन गरे । अनि, फोटो खिचाए । सो फोटो सामाजिक सञ्जालमा भेटेपछि दिलबहादुरकी जेठी श्रीमतीले उजुरी गरिन् ।
पत्नीको उजुरीको आधारमा दिलबहादुर लाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । उनले भने–‘बहुविवाह मुद्दामा दिल बहादुरलाई पक्राउ गरेका छौँ, महिला फरार छिन् ।’
नक्कली विवाह गर्दा दिलबहादुर पक्राउ परेपछि ललितपुर घर भएकी ममता फरार भएकी हुन् । दुइ सातादेखि प्रहरी हिरासतमा रहेका दिलबहादुरको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरिरहेको छ । दिलबहादुरले प्रहरीसँग भनेका छन्–‘पिआर दिलाइदिन कागजी विवाह मात्र गर्न खोजेको हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऊनको स्वीटर’ मेरो टप फाइभ फिल्ममा पर्छ – विपिन कार्की
-
पारिवारिक कारणले होइन, प्रतिबन्धित औषधि सेवनका कारण आइपीएल छाडेर स्वदेश फर्किएका थिए कागिसो राबडा
-
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
-
पाकिस्तानले किन डाक्यो राष्ट्रिय सभाको विशेष सत्र ?
-
अस्ट्रेलियामा चुनावको शैली
-
सरकारले समयमा निर्णय नगर्दा प्रश्नको भारी बोक्नुपर्यो ः महामन्त्री थापा