पारस उत्कृष्ट दशक खेलाडी
![पारस उत्कृष्ट दशक खेलाडी](https://rpcdn.ratopati.com/media/albums/Paras_Khadka_DyssI1SDze.jpeg)
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।
अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ विजेता बन्दा नेपालबाट पारसले सर्वाधिक २ सय ५० रन बनाउन सफल भएका थिए । २०११ मा नेपाललाई पहिलो पटक एसीसी टी–ट्वान्टी कपको सेमिफाइनलमा पु¥याउनु साथै विश्वकप छनोटमा पुर्याउन पारसले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले १ सय १ रन बनाउनु साथै ७ विकेट लिए ।
२०१२ मा नेपालले पहिलो पटक टी–ट्वान्टी विश्वकप छनोटमा सातौं स्थान हात पार्दा नेपालबाट सर्वाधिक २ सय ५४ रन बनाएका पारसले ७ विकेट समेत लिएका थिए । २०१२ मा विश्व क्रिकेट लिग डिभिजन ४ को नेपाल विजेता बन्दा पारसले ९ विकेट लिएका थिए । २०१३ मा नेपाल पहिलो पटक एसीसी टी–ट्वान्टी को फाइनलमा प्रवेश गर्दा नेपालबाट उनले सर्वाधिक २०७ रन बनाएका थिए । २०१४ मा नेपाललाई पहिलो पटक टी–ट्वान्टी विश्वकपमा उतार्दै ३ खेलमा ८३ रन बनाएका पारसले नेपाललाई हङकङ र अफगानिस्तानमाथि ऐतिहासिक जित दिलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेन्डिङमा प्रदीप र दिव्याको डान्स ‘म त फ्यान भए यार’
-
ट्रम्पको अतिरिक्त करको मारमा कोका–कोला
-
दुबईमा आयोजित वर्ल्ड गभर्मेन्ट समिटमा मुख्यमन्त्री लामा
-
‘परालको आगो’को मुख्य भूमिकामा भित्रिए जितु
-
बिहीबारदेखि नसर्ने रोगको फैलावट रोक्न परीक्षण अभियान, १ करोड ४० लाख नागरिकलाई समेटिने
-
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क