मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पारस उत्कृष्ट दशक खेलाडी

मङ्गलबार, ०८ चैत २०७८, १९ : २४
मङ्गलबार, ०८ चैत २०७८

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।   

अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ विजेता बन्दा नेपालबाट पारसले सर्वाधिक २ सय ५० रन बनाउन सफल भएका थिए । २०११ मा नेपाललाई पहिलो पटक एसीसी टी–ट्वान्टी कपको सेमिफाइनलमा पु¥याउनु साथै विश्वकप छनोटमा पुर्याउन पारसले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले १ सय १ रन बनाउनु साथै ७ विकेट लिए । 

२०१२ मा नेपालले पहिलो पटक टी–ट्वान्टी विश्वकप छनोटमा सातौं स्थान हात पार्दा नेपालबाट सर्वाधिक २ सय ५४ रन बनाएका पारसले ७ विकेट समेत लिएका थिए । २०१२ मा विश्व क्रिकेट लिग डिभिजन ४ को नेपाल विजेता बन्दा पारसले ९ विकेट लिएका थिए ।  २०१३ मा नेपाल पहिलो पटक एसीसी टी–ट्वान्टी को फाइनलमा प्रवेश गर्दा नेपालबाट उनले सर्वाधिक २०७ रन बनाएका थिए । २०१४ मा नेपाललाई पहिलो पटक टी–ट्वान्टी विश्वकपमा उतार्दै ३ खेलमा ८३ रन बनाएका पारसले नेपाललाई हङकङ र अफगानिस्तानमाथि ऐतिहासिक जित दिलाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप