दुई करोड बढी ठगी आरोपमा एक महिला पक्राउ
मङ्गलबार, ०८ चैत २०७८, १९ : ००
![दुई करोड बढी ठगी आरोपमा एक महिला पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrested1_1uzGc85NiZ.jpg)
पश्चिम नवलपरासीमा जग्गा कारोबारमा साढे दुइ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन् । काठमाडौं–१६ घर भएकी ५४ वर्षीय बिमला श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार नवलपरासीमा जग्गा बिक्री नगद २ करोड ५६ लाख रुपैयाँ ठगी गरेर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । पश्चिम नवलपरासीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रेमबहादुर शाहीले श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसद्वारा एमालेसँग भएको समझदारी अनुमोदन
-
प्रधानमन्त्रीलाई राजीनामा दिने वा विश्वासको मत लिने दुवै सुविधा छ : विश्वप्रकाश शर्मा
-
बाँदर नियन्त्रणको मागसहित किसानद्वारा प्रदर्शन
-
रुपन्देहीमा आयल निगमको नयाँ भण्डारण गृह निर्माण हुँदै
-
सालझण्डी–ढोरपाटन सडक अवरुद्ध
-
कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला