भक्तपुरमा भोलिदेखि प्रथम राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
प्रथम राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता भक्तपुरमा भोलिदेखि सुरु हुँदै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ भक्तपुर जिल्ला ब्याडमिन्टन संघले उक्त प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।
भोलि चैत ९ गतेदेखि १२ गतेसम्म विभिन्न ६ विधामा प्रतियोगिता आयोजना हुने संघका अध्यक्ष राजेन्द्र प्रसाद प्रजापतिले बताए । पन्ध्र वर्ष मुनि (पुरुष), पन्ध्र वर्ष मुनि (महिला), पुरुष एकल, महिला एकल, भेट्रान डबल (४५ वर्ष माथि) र पुरुष डबल बिधा रहेको छ । प्रतियोगितामा उत्कृष्ट भएका प्रथम द्वितीय तृतीय भएका खेलाडीहरूको लागि नगद पुरस्कारसहित विधागत रूपमा मेडल, शिल्ड प्रदान गरिने अध्यक्ष प्रजापतिले बताए ।
मंगलबारसम्ममा ब्याडमिन्टन प्रतियोगितामा भाग लिनको लागि ७ तै प्रदेशका ५५ जिल्लाका २ सय २३ जनाले एकल र युगलमा १ सय ७९ जनाले आवेदन दिएका संयोजक नवीन प्रजापतिले जानकारी दिए । प्रतियोगिता अवधिभर कुल १६ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे