पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुग्यो
नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्याएको हो । पछिल्लो समय बैंकिङ तरलता अभावको समस्या भोगिरहेकै बेला चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले मौद्रिक नीति मार्फत पुनरकर्जाको ब्याजदर समेत २ प्रतिशतले वृद्धि गर्ने नीति लिएको थियो । सोही नीति बमोजिम मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ को चौथो पटक संशोधन गर्दै ब्याजदर वृद्धि गरिएको जनाएको हो ।
संशोधित ब्याजदर अनुसार अब सर्वसाधारण ऋणीले सहुलियतपूर्ण कर्जाको अधिकतम ७ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ । यसअघि यस्तो ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको थियो । जसअनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र साधारण पुनर्कर्जामा ऋणीहरुले बैंकहरुलाई अधिकतम ७ प्रतिशत ब्याजदर तिर्नुपर्ने छ भने, सो कर्जामा बैंकहरुले राष्ट्र बैंकलाई ४ प्रतिशत तिर्नुपर्छ । अर्थात् यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकसँग ४ प्रतिशतमा लिएर सेवाग्राही ऋणीहरुलाई अधिकतम ७ प्रतिशतमा लगानी गर्न सक्नेछन् ।
तर, विशेष पुनर्कर्जामा भने बैंकहरुले २ प्रतिशतमा लिएर अधिकतम ५ प्रतिशतसम्ममा मात्र लगानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । कोभिड–१९ को महामारीबाट प्रभावित निजी व्यवसायिक, उद्योग, कलकारखानासँगै विशेष प्रभावित होटल पर्यटन तथा ट्रेकिङ क्षेत्रको उत्थानका लागि विशेष पुनरकर्जाको व्यवस्था गरिएको थियो ।
हाल बजारमा तरलताको अभाव भएसँगै निक्षेपको ब्याजदर नै अधिकतम ११.०३ प्रतिशत पुगिसकेको अवस्थामा कर्जाको ब्याजदर औषतमा १४ प्रतिशत पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन