शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सतामलाई एसियाली खेलकुद पत्रकारको अवार्ड

मङ्गलबार, ०८ चैत २०७८, १७ : ३२
मङ्गलबार, ०८ चैत २०७८

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)का अध्यक्ष कुवेती पत्रकार सताम अल सेहली एसियाली खेलकुद पत्रकार अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको अवसरमा कुवेती राष्ट्रिय दैनिक अल सेयास्साहका खेलकुद ब्युरो प्रमुख एवं कुवेत फुटबल संघको मिडिया कमिटी प्रमुख सतामलाई सम्मानित भएका हुन् ।

सतामले पछिल्लो पाँच वर्षदेखि अध्यक्षको रूपमा एआइपिएस एसियाको नेतृत्व गरिरहेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एआइपिएस एसियाको सदस्य हो । २००५ मा खेल पत्रकारिता सुरु गरेका सताम ‘गल्फ फेडेरेसन अफ स्पोर्टस मिडिया’का उपाध्यक्ष हुन् । अस्वस्थताका कारण सताम आफै नेपाल भ्रमणका लागि असमर्थ हुँदा एआइपिएस एसियाका महासचिव अम्जाद अजिज मलिकले उनको सम्मान ग्रहण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप