विगतका तीता कुरा बिर्सन्छौं, त्रुटि सच्याउँछौं : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तीता कुरा बिर्सने र त्रुटि लाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताएका छन् । आज जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाल सँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको बताउदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको समेत बताए ।
धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने तर्फ चिन्ता ब्यक्त गर्दै थापाले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरिलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश ब्यक्त गरे । राप्रपा नेपाललाई काँग्रेस कम्युनिस्टको विकल्पको रुपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सवै अलमलिएको आरोप लगाए ।
बैठकमा पार्टीका महामन्त्री त्रय सुशील श्रेष्ठ ,भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण ,सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो-आफ्नो प्रस्तुति दिएका थिए । बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवं केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको थियो । बाँकी जिल्ला अध्यक्षहरूको बैठक चाँढै नै गरिने राप्रपा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल