व्यापार घाटा घटाउने नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन
![व्यापार घाटा घटाउने नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन](https://rpcdn.ratopati.com/media/albums/2-Pm_sher_bahadur_deuba_XPHb38wPo5_jV8aCHoKcu.jpg)
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउने नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक निर्देशन दिँदै प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने कार्यक्रम बनाउन निर्देशन दिएका हुन् ।
‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरुले व्यापार घाटा घटाउने नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्,’ प्रधानमन्त्रीले बैठकमा भने । प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि निर्देशन गरे । उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न पनि निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन पनि आग्रह गरे । ‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’ उक्त समीक्षा कार्यक्रममा वाणिज्य मन्त्रालयका साथै राष्ट्रिय याेजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरू पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डलाई च्याम्पियन बनाएको दोस्रो संस्करण
-
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
-
अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षामा उत्तीर्ण भइन् कविता
-
महासचिव शंकर पोखरेलका कारण कांग्रेस सशङ्कित !
-
विपिन जोशी रिहाइका लागि भइरहेका पहलबारे संसद्लाई जानकारी गराउन अध्यक्ष केसीको माग
-
जापानी मन्त्रालयका कर्मचारीले संवेदनशील फाइल नै हराएपछि...